काठमाडौं। काबुल– युद्धग्रस्त मुलुक हुनका बाबजुद सन् २०२३ मा अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ ।उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले दिएको जानकारीअनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १.९ अर्ब अमेरिकी डलर पुगेको छ ।
यसैगरी सन् २०२२ मा निर्यातको मात्राको तुलनामा ४१ मिलियन अमेरिकी डलर (२ प्रतिशतले) वृद्धि भएको निजी टेलिभिजन च्यानल टोलोन्युजले जावादलाई उद्धृत गर्दै मङ्गलवार उल्लेख गरेको छ ।
अधिकांश सामान पाकिस्तान, भारत, चीन, संयुक्त अरब इमिरेट्स, कजाकिस्तान र उज्वेकिस्तानमा निर्यात भएको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएको छ ।
यसअघि अफगानिस्तानको कामचलाउ सरकारका उद्योग तथा वाणिज्य मन्त्री नुरुद्दीन अजीजीले अफगानिस्तानले आफ्ना उत्पादन छिमेकी राष्ट्रलगायत ६० भन्दा बढी देशमा निर्यात गर्ने बताएका थिए ।
अफगानिस्तानका प्रमुख निर्यात हुने वस्तुहरूमा कोइला, केसर, ताजा र सुख्खा फलफूल, हातले बुनेको गलैंचा, बहुमूल्य पत्थर धातुहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ पुस २०८०, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा नदी पार गर्ने क्रममा डुङ्गा डुब्योः २० जनाको मृत्यु
भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
अफगानिस्तानको मस्जिदमा आक्रमण अपडेटः सुरक्षाका लागि भक्तजनको अपिल
अफगानिस्तानमा भारी वर्षापछि बाढीः ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
अफगानिस्तान र पाकिस्तानमा बाढीको प्रकोप, ५७ जनाको मृत्यु