काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, १८ साउन २०७७, १६ : ५६
काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित भेटिएका हुन् । मन्त्रालयले संक्रमितको ठेगाना सार्वजनिक गरेको छैन ।