नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो

शुक्रबार, २६ असार २०७७, १२ : ०१
नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो

चितवन । अविरल परेको वर्षासंगै नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेको छ । प्रहरीका अनुसार सो सडक खण्डको ३ किलो भन्ने स्थानमा पहिरो झरेको छ । पहिरो झरेसंगै सो सडक खण्ड सवारी साधन अवरुद्ध हुन पुगेको छ ।

पहिरोका कारण राजधानी तथा पोखरा जाने आउने सवारी साधन बिच बाटोमै रोकिएका छन् । प्रहरीले पहिरो पन्छाउने काम शुरु भएको जनाएको छ ।