कोभिड–१९ नियन्त्रणमा कांग्रेसद्वारा मन्त्री ढकालको ध्यानाकर्षण

मंगलबार, १६ असार २०७७, १४ : ४०
कोभिड–१९ नियन्त्रणमा कांग्रेसद्वारा मन्त्री ढकालको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका सन्दर्भमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

कांग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टिन व्यवस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्बाध बनाउन, स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले निरन्तर आफ्नो सहयोग, सञ्चार माध्यमको खवरदारी, नागरिक समाज र आमजनताको साथले सिर्जना गरेको अनुकुलताको बाबजुद पनि सरकारको कमजोरीका कारण कोभिड–१९ सङ्क्रमण वृद्धि हुँदै जाँदा जनजीवन कष्टकर हुँदै गएको आरोप लगाएको छ ।

भेटमा मन्त्री ढकालले सरकारले कोभिड–१९को सङ्क्रमण रोकथाम र उपचारमा सक्दो प्रयास गरिरहेको, विदेशबाट आउने नेपालीको सङ्ख्या विस्तारै कम हुँदा क्वारेन्टिन व्यवस्थापनको चुनौती पनि कम हुँदै गएको र आरडीटी परीक्षणलाई निरुत्साहित गर्दै लगिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस