२९ जनामा कोरोना पुष्टि

सोमबार, १५ असार २०७७, १४ : ३६
२९ जनामा कोरोना पुष्टि

चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा असार १४ गते परिक्षण गरिएका ५३५ नमुना मध्ये २९ वटा नमुनामा कोभिड–१९ पुष्टी भएको छ ।

भरतपुर अस्पतालले दिएको विवरणअनुसार अर्घाखाँचीबाट ११ जना पुरुष, चितवन खैरहनी नगरपालिका वडा नं २ र ३ बस्ने वर्ष ३२ र वर्ष २७ का दुई जना महिलामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गोदावरी नगरपालिका कैलाली वस्ने वर्ष ३५ का  १ जना पुरुष, भरतपुर महानगरपालिका वडा नं १५ र १६ बस्ने वर्ष २१ र २३ का २ जना पुरुष र पाल्पा जिल्लाबाट वर्ष १६ देखि वर्ष ५५ सम्मका विभिन्न उमेर समूहका १३ जनामा  कोभिड–१९ पुष्टी भएको भरतपुर अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस