पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

मंगलबार, ०९ असार २०७७, ०९ : ३८
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

file photo

तनहुँ । सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन् । केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । राजमार्गमा झरेको पहिरो हटाउन समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।