काठमाडौँमा एमसिसी खारेजको माग गर्दै प्रदर्शन

सोमबार, ०८ असार २०७७, १५ : ३५
काठमाडौँमा एमसिसी खारेजको माग गर्दै प्रदर्शन

काठमाडौँ । एमसिसी खारेजको माग गर्दै प्रदर्शन सुरु हुन थालेका छन् ।  आज काठमाडौँमा एमसिसी खारेजको माग गर्दै युवाहरु सडकमा आएका छन् । बालुवाटारमा सोमबार दिउँसो युवाहरुले एमसिसी खारेजीको माग गर्दै प्रदर्शन गरे ।

उनीहरुले राष्ट्रघाती एमसिसी खारेज गर भन्दै प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । पछिल्ला दिनहरुमा एमसिसीविरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् ।

सरकारले एमसिसी सम्झौता पारित गर्न जोडबल गरिरहेको छ । प्रधानमन्त्री केपी ओलीले एमसिसी सम्झौता पारित गर्न जोड गरिरहेका छन् भने कांग्रेस यसमा सकारात्मक छ । सत्तारुढ दलका केही नेताहरु भने एमसिसी हुबहुरुपमा पास गर्न नहुने जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस