पाँच जिल्लामा थप १९ जनामा कोरोना संक्रमण

आइतबार, ०७ असार २०७७, १४ : ०८
पाँच जिल्लामा थप १९ जनामा कोरोना संक्रमण

गण्डकी । गण्डकी प्रदेशमा थप १९ जनाका कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका ५ जिल्लामा थप संक्रमण देखिएको हो। 

स्याङजामा १०, नवलपरासी पूर्व १, कास्की २, बाग्लुङ ५ र तनहुँमा १ जनामा संक्रमण देखिएको हो। सबै भारतबाट फर्किएकाहरु हुन् । उनीहरु सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५२३ पुगेको छ। नेपालभर भने संक्रमितको संख्या ८ हजार ६ सय ५१ पुगेको छ। नेपालमा हालसम्म २२ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस