नागरिकता विधेयक बहुमतबाट पास गरे कांग्रेसले ‘नोटअफ डिसेन्ट’ लेख्ने

आइतबार, ०७ असार २०७७, १३ : ४१
नागरिकता विधेयक बहुमतबाट पास गरे कांग्रेसले ‘नोटअफ डिसेन्ट’ लेख्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतबाट पास गरे ‘नोटअफ डिसेन्ट’ लेख्ने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार विहान ९ बजे बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका लागि सरकार पक्षलाई आग्रह गरिने र पेलेरै अघि बढ्न खोजे नोट अफ डिसेन्ट लेख्ने निर्णय गरेको हो ।

सत्तारुढ नेकपाको सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलाले अंगीकृत नागरिकता लिन सात वर्ष समय अवधि राख्नुपर्ने निर्णय लिएपछि काँग्रेस र मधेस केन्द्रित दलहरुले आपत्ति जनाउँदै आएका छन् । 

नेकपाको निर्णयसँगै राज्य व्यवस्था तथा सुशासन समितिले आइतबारको बैठकमा सहमति नजुटे बहुमतका आधारमा विधेयकलाई प्रक्रियाबाट अगाडि बढाउने तयारी छ । राज्य व्यवस्था समितिको बैठक आइतबार दिउँसो २ बजे बस्दैछ । 
 

प्रतिक्रिया दिनुहोस