५० यात्रु बोकेको ट्रिपर कर्णालीमा खस्यो, ठुलो क्षतिको आशंका

बुधबार, २८ जेठ २०७७, ११ : ४६
५० यात्रु बोकेको  ट्रिपर कर्णालीमा खस्यो, ठुलो क्षतिको आशंका

file photo

काठमाडौँ । कालीकोटका करिब ५० यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा टिपर नदीमा खसेको हो ।

कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेकाे हाे । कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । घटनाबारे थप वििरण आउन बाँकी छ ।