काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । डोल्पा र कैलालीका १–१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनी दम रोगी रहेका थिए भने जेठ २१ गते मृत्यु भएको थियो । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए ।
त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु हुन पुगेको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मिर्गौलाकी बिरामी धनगढी ४ की उनको शुक्रबार मृत्यु भएको थियो । डायलासिसकै क्रममा अस्पतालमा मृत्युपछि उनमा कोरोना संक्रमणको आशंकामा पीसीआर जाँच गर्दा नतिजा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसहित नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै