घुस लिँदै गर्दा वडाध्यक्ष पक्राउ

शनिबार, २४ जेठ २०७७, ११ : ३१
घुस लिँदै गर्दा वडाध्यक्ष पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले पाल्पाको रैनादेवी छहरा गाउँपालिका बार्ड नम्बर ७ का वार्ड अध्यक्ष देवेन्द्र पुनलाई वनको  काठ खरिद गर्दा सहजीकरण गर्न भन्दै घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको छ ।  
ठेकेदारलाई वनको काठ सहजीकरण गर्न ३ लाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा  पुनलाई सालझन्डी १० सैनामैनाबाट नगदसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान अयोग बुटवलका प्रवक्ता सुरेष भुषालले बताए।