गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार, २३ जेठ २०७७, १५ : ४७
गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित ४ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चार जनाविरूद्ध २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो। अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्व अर्थ निर्देशक राम सुन्दर चौधरी र आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भन्सालीविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको आरोप छ।