गृहमन्त्रालयले भन्यो– तरकारी नष्ट गर्नेलाई कारबाही

बुधबार, २१ जेठ २०७७, १५ : १८
गृहमन्त्रालयले भन्यो– तरकारी नष्ट गर्नेलाई कारबाही

काठमाडौं । गृह मन्त्रालयले तरकारी नष्ट नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । स्वदेशी उत्पादन नष्ट गर्नेमाथि कारबाही गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

सोमबार कास्कीमा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएको थियो भने कपिलवस्तुबाट अर्घाखाँची लगेको तरकारी पनि सीमा क्षेत्रमा नै रोकिएको थियो ।

यसको चौतर्फी विरोध भएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेको थियो । 

प्रतिक्रिया दिनुहोस