कर्णाली प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित

सोमबार, १९ जेठ २०७७, १३ : ४२
कर्णाली प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा सोमबार फेरि ३२ नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलका अनुसार थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।

नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ ।