तारको गुजुल्टोबाट मुक्ति पाउँदै भरतपुर महानगर

शुक्रबार, १६ जेठ २०७७, १५ : ५५
तारको गुजुल्टोबाट मुक्ति पाउँदै भरतपुर महानगर

चितवन । बिजुलीको तारको गुजुल्टोबाट भरतपुर महानगरपालिकाले मुक्ति पाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषणमार्फत चितवनको भरतपुरका मुख्य सडकका तारहरुलाई भूमिगत बनाउने बताएका थिए । अर्थमन्त्रीको भनाइसँगै अब भरतपुर महानगरमा पनि बिजुलीको तार भूमिगत हुने भएको छ ।

विद्युत् प्राधिकरण भरतपुरले तारलाई भूमिगत बनाउने कार्य अघि बढेको जनाएको छ ।  काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीमा प्रयोग गरिएको तारहरुलाई भूमिगत बनाउने काम सुरु भइुसकेको छ । 

पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतका विद्युतीय तारहरुलाई भूमिगत बनाउने काम भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उज्यालोलाई विश्वासिलो र भरपर्दो बनाउने नयाँ चुनौति सँगै नयाँ कामको सुरुवात भएको बताए । विद्युत् वितरण क्षेत्र र आधुनिकीकरणमा यसलाई विश्वसनीय र भरपर्दो बनाउन भूमिगत तार व्यवस्थापन प्रणाली महत्वपुर्ण रहेको बताए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यले नेपाल सरकारको ‘डिजिटल नेपाल निर्माण’को अवधारणालाई साकार पार्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे । 

विद्युत् प्राधिकरणले देशै भरको थ्री फेज ग्राहकहरुको मिटर एक वर्ष भित्र स्मार्ट मिटरमा प्रतिस्थापन गर्ने जनाएको छ । आगामी दिनमा क्रमैसंग मुलुकभरका ग्राहहरुके घरमा स्मार्ट मिटर जडान गरिने पनि प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस