बारामा सहायक प्रहरी निरीक्षकलाई कोरोनाभाइरस

आइतबार, ११ जेठ २०७७, १४ : ३३

बारा । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना सहायक प्रहरी निरीक्षकलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि उनलाई कलैयास्थित जिल्ला अस्पताल लगिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण देखिएको थियो। उनी कार्यालयको मुद्दा शाखामा काम गर्छन्। त्यसपछि उनीसँगको सम्पर्कमा पुगेकाहरूको परीक्षण गर्दा थप एकजनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ९२ पुगेको छ। जसमा तीन जनाको मृत्यु भएको छ भने ८९ निको भएका छन्।

प्रतिक्रिया दिनुहोस