दाङमा पनि थपिए एक जना कोरोना संक्रमित

विहीबार, ०८ जेठ २०७७, १८ : ११

दाङ । दाङमा थप एक जना पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं  ३ निवासी ३७ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।

प्रतिष्ठानका कायममुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि प्रतिष्ठानमै गरिएको परीक्षणमा भारतबाट आएका गढवा गाउँपालिकाका दुई जना युवामा कोरोना पुष्टि भएको थियो। त्यस्तै काठमाडौंमा रहेका दाङका दुई जनामा पनि कोरोना पुष्टि भइसकेको छ। सबै गरेर दाङका ५ जनामा हालसम्म कोरोना पुष्टि भइसकेको छ।

प्रतिष्ठानमा बिहीबार सल्यान, रोल्पा र दाङका कुल ६९ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको देवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस