उदयपुरका ८ जनाले पनि जिते कोरोना, निको हुनेको संख्या ४५ पुग्यो

बुधबार, ०७ जेठ २०७७, १६ : ४२

काठमाडौं । उदयपुुरका ८ जना कोरोना संक्रमित निको भएका छन् । निको भएसँगै उनीहरु बुधबार डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४५ पुगेको छ । 

हालसम्म नेपालमा बुधबार थपिएका २५ सहित ४२७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सो संख्यामा निको भएका हुन् । यस्तै कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस