अम्पुन चक्रवातको प्रभावसँगै आज दिनभरको मौसम कस्तो रहला ?

बुधबार, ०७ जेठ २०७७, ०८ : १६
अम्पुन चक्रवातको प्रभावसँगै आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको अम्पुन चक्रवातका देशभरका अधिकांश स्थानको मौसम बुधबार आंशिकदेखि सामन्य बदली रहने जनाएको छ ।

अहिले नेपालमा स्थानीय वायुसँगै  अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको मौसमविदले बताएका छन् । हाल सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भु९भाग लगायत प्रदेश नम्बर ५ को केही स्थानमा मौसम सामान्यतया सफा रहेको छ । बाँकी भू–भागमा भने सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो पूर्वी क्षेत्रमा पूर्ण बदली हुने छ । यस्तै मध्य क्षेत्रमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । पूर्वका धेरै स्थान, मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य क्षेत्रका उच्च हिमाली भू–भागका केही स्थानमा र पश्चिमका उच्च हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पूर्वमा पूर्ण बदली तथा मध्य क्षेत्रमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली हुनेछ । पूर्वका धेरै स्थान, मध्यका केही स्थान र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङग तथा हावाहुरीसहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।


 

प्रतिक्रिया दिनुहोस