सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी

शुक्रबार, ०२ जेठ २०७७, १६ : १९
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७ र७८  का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। जेठ १५ गते अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

त्यसभन्दा अघि सरकारले नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने परम्परा रहँदै आएको छ। संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकरले तयार गरेको नीति तथा कार्यक्रम पेश गर्दैछिन् । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट छ।