जिल्लाभित्रको सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

विहीबार, ०१ जेठ २०७७, १७ : २७
जिल्लाभित्रको सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार शनिबारबाट लागू हुने गरी जिल्लाभित्रका पास खारेज गर्ने निर्णय गरिएको हो । ’ यसअघि नै गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस