अस्पताल भरिएपछि संक्रमितलाई विद्यालयमा राखियो

विहीबार, ०१ जेठ २०७७, १५ : ४५
अस्पताल भरिएपछि संक्रमितलाई विद्यालयमा राखियो

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ । मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई विद्यालयमा निर्मित सेमीआइसोलेसन वार्डमा राखिएको हो ।

नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति मात्रै विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको थियो । संक्रमित पुष्टि भएको २४ घण्टा बित्दा समेत उनीहरू घरमै बसेका थिए । बुधबार राति थपिएका तीन जनालाई पनि विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको उनले बताए ।

बुधबार राति थपिएका ३ जना वीरगञ्ज महानगरपालिका १६ इनरुवाका ७४ वर्षीय पुरुष, मुर्लीका १५ वर्षीय युवक र एक जना ३६ वर्षीया स्वास्थ्यकर्मी रहेका छन् । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत नर्स पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न हुँदै थिइन्।

नारायणी अस्पतालमा अहिले ७० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस