वीरगन्जका पत्रकारहरुको कोरोना परीक्षण

बुधबार, ३१ बैशाख २०७७, १३ : २९
वीरगन्जका पत्रकारहरुको कोरोना परीक्षण

काठमाडौं । वीरगन्जका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँ कार्यरत सबै पत्रकारको कोरोना परीक्षण थालिएको छ । बुधबार बिहान १० बजेदेखि १ बजेसम्म पत्रकारमा कोरोना भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको छ । 

त्यसका लागि पत्रकारहरु नारायणी अस्पतालमा पुगेका छन् भने हालसम्म ७० जना पत्रकारको नमुना संकलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिउँसो १ बजेसम्म ७० पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो  ।

सो अवधिमा नभ्याइएका बाँकी पत्रकारको साँझ ५ देखि ६ बजेसम्म स्वाब संकलन हुने बताइएको छ । कोरोना परीक्षणका लागि १२० पत्रकारले नाम लेखाएको अस्पतालले जनाएको छ ।