नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

शुक्रबार, २६ बैशाख २०७७, १७ : ११
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

याे सहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ। जसमा पुरुषकाे संख्या ७४ छ भने २८ जना महिला रहेकाे मन्त्रालयले जनाएकाे छ।

हालसम्म काेराेना संक्रमण भएका ३० जना निकाे भएका छन्। जसमध्ये तीन जनामा पुन: काेराेना पाेजेटिभ देखिएकाे छ। 

प्रतिक्रिया दिनुहोस