सांसदको स्वाब संकलन

विहीबार, २५ बैशाख २०७७, १६ : ०५
सांसदको स्वाब संकलन

काठमाडौं । संघीय स‌ंसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुमा कोरोना संक्रमण परीक्षण गरिएको छ । शुक्रबार सुरु हुने सं‌सदको हिउँदे अधिवेशनअघि बिहीबार स्वाब संकलन गरिएको हो । प्रयोगशालामा गरिने परीक्षणका लागि बिहीबार सा‌ंसदहरुको सं‌घीय संसद भवनमा स्वाब संकलन गरिएको हो ।

बिहीबार प्रतिनिधिसभा सदस्य १७० र राष्ट्रियसभा सदस्य ३३ जनाको स्वाब लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइएको छ । शुक्रबार दिउँसो ४ बजे सुरु हुने सं‌सद बैठकमा प्रवेश गर्न सांसदहरुले आफूलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्नेछ ।

सा‌ंसदहरुको स्वाब संकलनका लागि विहान १० बजेदेखि २ बजेसम्मको समय तोकिएको थियो ।  स्वाबको नतिजा शुक्रबार विहान आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस