नेपालमा थप १७ जनामा कोरोना संंक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

बुधबार, २४ बैशाख २०७७, १६ : ३७

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको संख्या ९९ पुगेको छ । हाल संक्रमित १७ मध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।