लकडाउनबारे छलफल गर्न बालुवाटारमा उच्चस्तरीय समितिको बैठक जारी

मंगलबार, २३ बैशाख २०७७, १८ : १४
लकडाउनबारे छलफल गर्न बालुवाटारमा उच्चस्तरीय समितिको बैठक जारी

काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । 

बैठकले जारी लकडाउनका विषयमा आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्नेछ । 

यसअघि सोमबार बसेको समितिको बैठकमा जनजीवन सामान्य बनाउन र रोगलाई कावुमा राख्ने विषयमा छलफल र समिक्षा भएको थियो ।