डाक्टर कुट्ने प्रहरीलाई डीएसपी पदबाट हटाइयो

विहीबार, ०४ बैशाख २०७७, १६ : ०५
डाक्टर कुट्ने प्रहरीलाई डीएसपी पदबाट हटाइयो

काठमाडौं । डाक्टर कुट्ने प्रहरीको डीएसपी पदबाट हटाइएकोे छ । डाक्टर कुटेको अभियोग लागेर छानबीनमा रहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई डीएसपीको जिम्मेवारीबाट हटाइएको हो ।

उनलाई पदबाट हटाउदै महानगरीय प्रहरीे कार्यालय, रानीपोखरीका तानिएको छ ।
महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार लम्साललाई छानबिनका लागि रानीपोखरी ल्याएको हो । 

लकडाउनका बेला पनि आफ्नो डिउटीमा खटिएका डाक्टर शम्भु खनालमाथि भएको अभद्र व्यवहारप्रति क्षमामाग्दै अभियुक्तलाई जिम्मेवारीबाट हटाइएको वृत्तद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । 

घटनाको छानविनका गर्न गठित एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटीको समितिले लम्सालमाथि छानबीन सुरु गरिसकेको बताइएको छ ।
सो घटनामा संलग्न अन्य प्रहरीलाई पनि रानीपोखरी झिकाइ कारबाही अघि बढाइने महानगरीय प्रहरी कार्यालयले जनाएको छ । 

ड्यूटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यरत खनाल सहितका डाक्छरमाथि प्रहरीले हातपात सहित लाठी चार्ज गरेको आरोप चिकित्सक संघले लगाएको छ । अस्पतालको कार्ड देखाउँदा समेत आफूहरुमाथि दुव्र्यहार र कुटपिट भएको दाबी स्वयं चिकित्सले पनि गरेका छन् ।

अभद्र व्यवहार गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारबाही अगाडि बढाउन संघले आव्हान गरेको थियो । 

कारबाही प्रक्रिया अघि नबढाए कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ । छानबीन गर्न गठित समितिलाई घटनाको यथार्थ सहित प्रतिवेदन पेस गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस