लकडाउनबारे बोल्ने क्रममा प्रधानमन्त्री ओलीले आफू जेल बस्दाको दिन सम्झिए

मंगलबार, २५ चैत्र २०७६, ११ : ४४
लकडाउनबारे बोल्ने क्रममा प्रधानमन्त्री ओलीले आफू जेल बस्दाको दिन सम्झिए

काठमाडौं । देशवासीका नाममा संवोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको आफ्नो जेल बस्दाको दिन समेत सम्झिएका छन् ।

संवोधनका क्रममा उनले भने, ‘जेलमा यन्त्रणपूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबास बस्दाको कठीनाई सहजै अनुभूत गर्न सक्छु । तर नियन्त्रणका लागि हालसम्म कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने सबैलाई थाहा छ ।’

नेपाल कोरोनाको संक्रमणको जोखिममा रहेका कारण लकडाउन गर्नुपरेको भन्दै उनले यो बाध्यता भएको पनि बताए ।