मन्त्रिपरिषद् बैठक जारी, मन्त्रीहरु दुईदुई मिटरको दुरीमा

शनिबार, २२ चैत्र २०७६, १९ : २९
मन्त्रिपरिषद् बैठक जारी, मन्त्रीहरु दुईदुई मिटरको दुरीमा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । 

लकडाउन लम्ब्याउने र मेडिकल उपकरण खरिदबारे निर्णय गर्न बैठक बसेको हो । 

प्रधानमन्त्रीको सचिवालयले मन्त्रिपरिषद् बैठकको तस्बिर सार्वजनिक गरेको छ जहाँ मन्त्रीहरु बेग्लाबेग्लै टेबलमा कम्तीमा दुई मिटरको दूरीमा बसेर बैठक गरिरहेका छन् ।