कोरोना संक्रमणको जोखिम न्यूनीकरण

सामान्य मुद्दाका आरोपी थुनामुक्त हुने

शुक्रबार, ०७ चैत्र २०७६, ०७ : २१
सामान्य मुद्दाका आरोपी थुनामुक्त हुने

काठमाडौं ।  सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि हिरासत र कारागारलाई पनि भिडभाडमुक्त बनाउने भएको छ । सामान्य मुद्दाका अभियुक्त/आरोपीलाई छाडिदिएर भिडभाड कम गर्न लागेको हो ।

महान्यायाधिवक्ता कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार अभियुक्तलाई धरौटी, जमानी वा तारेखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने अवस्थाबाहेकका अभियुक्तलाई पक्राउ नगरी तथा पक्राउ परेकालाई तारेखमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधानअनुसार निर्देशन दिइएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए ।

प्रहरीले शुक्रबारदेखि नै सामान्य मुद्दाका आरोपीलाई तारेखमा छाड्ने तयारी गरेको छ । हिरासतमा एकजनालाई संक्रमण भए पनि सबैलाई फैलने जोखिम हुन्छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस