पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा ३ पक्राउ

विहीबार, ०६ चैत्र २०७६, २२ : १५
पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा ३ पक्राउ

काठमाडौं ।  पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले राजधानीको विभिन्न स्थानबाट ती तीन जनालाई पक्राउ गरेको बताएपछि उनीहरुको पहिचान खुलाएको छैन । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले भोलि पत्रकार सम्मेलन गरेर थप जानकारी दिने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।