प्रधानमन्त्री ओलीको पेटबाट स्टेन्ट निकालियो, लामा मिटिङ नगर्नुभन्दा हाँसो

आइतबार, ०२ चैत्र २०७६, १६ : ४४
प्रधानमन्त्री ओलीको पेटबाट स्टेन्ट निकालियो, लामा मिटिङ नगर्नुभन्दा हाँसो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ। गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा. उत्तमकुमार शर्माले प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट झिकिएको जानकारी दिए । शर्माले भने, ‘मैले प्रधानमन्त्रीज्यू धेरै लामा मिटिङ गर्नुभएन, भनें उहाँ मुस्कुराउँदै हास्नुभयो ।’

बिहान साढे १० बजेतिर अस्पताल पुगेका प्रधानमन्त्री ओली फलोअप सकेर दिउँसो ३ बजेतिर बालुवाटार फर्किएका छन्। अब केहीबेरमा अर्थात ५ बजे प्रधानमन्त्री ओली सार्क राष्ट्रबीचका प्रमुखसँग वार्ताको लागि तयारीमा रहेका छन् । उक्त  कन्फरेन्समा सार्क राष्ट्रबीच कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे छलफल हुनेछ।