पेटभित्र राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगे

आइतबार, ०२ चैत्र २०७६, १३ : १५
पेटभित्र राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको क्रममा प्रधानमन्त्री ओलीको पेटभित्र राखिएको स्टेन्ट निकाल्नका लागि आएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले बताए ।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको  स्टेन्ट निकालेपछि आइतबार नै बालुवाटर फर्किनेछन् । साँझ ५ बजे सार्क राष्ट्रहरुबीच हुने भिडियो कन्फरेन्समा समेत प्रधानमन्त्री सहभागी हुने बताइएको छ ।

ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण  फागुन २१ गते बुधबार भएको थियो । फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।