प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

बुधबार, २८ फागुन २०७६, ०९ : ३३
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

उनले बुधबार प्रधानमन्त्री ओली आफैले दाह्री काटेको जानकारी दिँदै स्वस्थ बन्ने क्रममा रफ्तारमा चलिरहेको जानकारी दिए । 

‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिँडडुल र नियमित व्यायाम गरिरहनु भएको छ । उहाँ आफैले दाह्री काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ’ थापाले बुधबार बिहान जानकारी दिएका छन् ।