चितुवाको छालासहित पक्राउ

सोमबार, २६ फागुन २०७६, २२ : ३०
चितुवाको छालासहित पक्राउ

file photo

ताप्लेजुङ । प्रहरीले चितुवा र थारकोे छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका ५५ वर्षीय तोलवीर लिम्बू रहेका छन् ।

घरको छानामा सिउरिएर राखिएको अवस्थामा चितुवाको दुई थान र अर्को वन्यजन्तु थारको एक थान छाला आज फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तापेथोक प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले लिम्बूको घरमा खानतलासी गरेको थियो । सोही क्रममा उक्त छाला फेला परेको हो । तीन थान छालासहित लिम्बूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कारवाहीका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस