प्रहरीलाई घुस दिन खोज्ने टिपर चालक पक्राउ

आइतबार, २५ फागुन २०७६, १९ : १९
प्रहरीलाई घुस दिन खोज्ने टिपर चालक पक्राउ

काभ्रे । प्रहरीलाई घुस दिन खोजेपछि टिपर चालक पक्राउ परेका छन् । काभ्रेबाट आएको टिपर काठमाडौंस्थित टिकाथली छिर्ने क्रममा घुस दिन खोजेपछि चालक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार थापाका अनुसार नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेशीबाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी साँगामा कार्यरत प्रहरी हवलदार दिपेन्द्र कार्कीले आज
बिहान ५ः३० को समयमा कागजपत्र मागेका थिए ।

रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–९ का टिपर चालक सरोज तामाङले कागजपत्रको सट्टा एक सय थमाएपछि हबलदार कार्कीले तत्कालै प्रहरी सहायक निरीक्षकलाई जाहेरी गरेका थिए । प्रहरी सहायक निरीक्षक आउने बितिक्कै चालक सरोज तामाङले ५ सय निकालेर दिएपछि प्रहरीले तत्कालै टिपरसहित तामाङलाई नियन्त्रणमा लिएको हो ।