प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालियो

आइतबार, २५ फागुन २०७६, १७ : १३
प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालियो

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेको पाँचौ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको छ । 

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खडगाले आइतबार जारी गरेको विज्ञप्ति अनुसार  प्रमको स्वास्थ्यमा क्रमिक सुधारका लक्षणहरु देखिन थालेको छ । प्रधानमन्त्रीको भाइटल तथा ल्याव सुचकाँकहरु पनि सामान्य छन् ।  

त्यस्तै, प्रधानमन्त्रीको मिर्गौला दाता समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।