प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, खाना दिन थालियो

शनिबार, २४ फागुन २०७६, १६ : ५०
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, खाना दिन थालियो

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको ४ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना खान दिन थालिएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्काले शनिबार एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थितिमा राम्रो सुधार भइरहेको जानकारी दिएका छन् । 

यस्तै ओलीलाई सामान्य हिँडडूल गराउनुका साथै फिजियोथेरापीलाई पनि निरन्तरता दिइएको विज्ञप्तिमा उल्लेख छ । 

यसैबीच प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौला स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको र सामान्य खान दिन थालिइएको अस्पतालले जनाएको छ । 

प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्योरोपण गरिएको थियो ।