प्रधानमन्त्रीको देशमै उपचार हुँदा राम्रो सन्देश : मन्त्री पुन

विहीबार, २२ फागुन २०७६, १८ : ००
प्रधानमन्त्रीको देशमै उपचार हुँदा राम्रो सन्देश : मन्त्री पुन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री तथा नेताहरू अस्पताल पुग्ने क्रम सुरू भएको छ ।

यसैक्रममा अस्पताल पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको खबरले अत्यन्तै खुशी लागेको बताए ।

फेरिएको किड्नीले काम गर्न सुरू गरिसकेको छ, होश पनि आइसकेको अवस्था छ भनेर चिकित्सकहरूले भन्नुभयो, पुनले भने, ‘असाध्यै खुशी लाग्यो । सम्पूर्ण जनताको तर्फबाट प्रधानमन्त्रीज्यूलाई शुभकामना शुभेच्छा प्राप्त भएको छ ।’

देशकै सर्वोच्च कार्यकारी व्यक्तिले देशभित्रै मिर्गौला प्रत्यारोपण गर्दा राम्रो मेसेज गएको उनले बताए ।
शिक्षण अस्पतालमा डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो ।

प्रतिक्रिया दिनुहोस