दुर्घटनामा परि वडा सचिवको मृत्यु

विहीबार, २२ फागुन २०७६, ०९ : ०९
दुर्घटनामा परि वडा सचिवको मृत्यु

गोरखा । गोरखामा भएको जिप दुर्घटनामा परि वडा सचिवको मृत्यु भएको छ । आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित  जंगलमा दुर्घटना हुँदा वडा सचिव किरण रिमालको मृत्यु भएको प्रहरीले जनएको छ ।

बुधबार राति ग १ ज ५५०५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा उपप्रमुख फुलमाया गुरुङ , चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंह गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार घाइतेहरुलाई जंगलबाट उद्दार गरी मान्बु स्वास्थ्य इकाईमा राखिएको र उनीहरुको उद्दारको लागि हेलिकोप्टरको व्यवस्था गरिँदैछ ।