हेटौंडा । मकवानपुरमा ६ किलो सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले भारतीय राज्य कर्नाटकका ४२ वर्षीय अब्दूल मजिद अनेकललाई ६ किलो सुनसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक एसपी सुशील सिंह राठौरले काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको यात्रु बस चेकजाँचको क्रममा ६ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ गरेको जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा मजिदको साथबाट सुन फेला परेको प्रहरीले जनाएको छ ।
शंकाको आधारमा मजिदले बोकेको कालो झोला चेक गर्दा त्यसमा गाडीका पाटपूर्जा फेला परेका थिए । झोलामा भेटिएका पाटपूर्जाहरु स्वभाविकभन्दा बढी तौलका पाइएपछि प्रहरीले बरामद गरेर परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा ८ वटा सुनका ढिक्काहरु फेला परेका थिए । प्रहरीले मजिदको साथबाट बरामद भएको सूनको बजार मूल्य ४ करोड २७ लाख ७ सय ७४ रुपैयाँ रहेको जनाएको छ । प्रहरीले पक्राउ परेका मजिदलाई सुनसहित थप अनुसन्धानका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
५० ग्राम सुनसहित विमानस्थलबाट २ जना पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
जुवातास खेलिरहेका १३ जना पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेकी शाही पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीका एक राजनीतिज्ञ सहायक पक्राउ