संविधान संशोधनका लागि बनाइएको कार्यदल खारेज

बुधबार, १४ फागुन २०७६, १३ : ५३
संविधान संशोधनका लागि बनाइएको कार्यदल खारेज

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले संविधान संशोधनका लागि बनाइएको कार्यदल खारेज गरेको छ।शनिबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको गृहकार्य गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो।

उक्त कार्यदलमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य तोकिएका थिए। नेता नेपालको कोटेश्वरस्थित घरमा कार्यदलको अनौपचारिक बैठक एकपटक मात्रै बसेको थियो। उक्त बैठकमा नेम्वाङ र देवकोटाले संविधान संशोधन गर्ने गरी बनाइएको कार्यदलमा आफूहरू नबस्ने बताएका थिए।

नेकपाले गोप्य ढंगले उक्त कार्यदलले काम गर्ने बताए पनि सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर अमुक व्यक्तिका लागि संविधान संशोधन गर्न लागेको भन्दै विरोध भएको थियो।

बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गर्दै संविधान संशोधनका लागि बनाएको कार्यदल निष्क्रिय बनाएको छ।
 

प्रतिक्रिया दिनुहोस