बस एकापसमा ठक्कर खाँदा २० जना घाइते

आइतबार, ११ फागुन २०७६, १३ : ०६
बस एकापसमा ठक्कर खाँदा २० जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् । 

    दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । अन्य घाइतेको दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको ना ५ ख २८५६ नं को बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको सडक अहिले सुचारु छ । (रासस)