कोरियामा रहेका नेपालीहरुलाई सावधानी अपनाउन दूतावासको आग्रह

आइतबार, ११ फागुन २०७६, १२ : ०७
कोरियामा रहेका नेपालीहरुलाई सावधानी अपनाउन दूतावासको आग्रह

काठमाडौं । दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले  दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो । विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्ममा यहाँका चार सय बढी मानिस संक्रमित बनेका छन् ।

संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

हेर्नुहोस्, विज्ञप्ति :