नागढुंगा–मुग्लिन सडक : १६ अर्ब लगानीमा ६ लेनको बनाइँदै

शुक्रबार, ०२ फागुन २०७६, १६ : ५९
नागढुंगा–मुग्लिन सडक : १६ अर्ब लगानीमा ६ लेनको बनाइँदै

काठमाडौं – नागढुंगा–मुग्लिन सडक अब ६ लेनको बनाइने भएको छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले १६ अर्ब लगानीमा ६ लेनको बनाइन लागिएको बताए । 

नागढुंगादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक विस्तार गरिने भएको हो। हाल एकदेखि दुई लेन चौडाइको सडकलाई चारदेखि ६ लेनसम्म विस्तार गर्न लागिएको महाशाखाले जनाएको छ । 

सडकमा साँघुरा मोड रहेकाले त्यसलाईसमेत सुधार गरिने सडक विभागले जनाएको छ। मोड सुधार गर्दा सडकको लम्बाई पनि केही घट्ने सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । 

यस सडकमा सम्भव भएसम्म ६ लेन बनाइने छ भने नसकिने स्थानमा चार लेनमा विस्तार गरिनेछ। गजुरी, मलेखुलगायतका बजार क्षेत्रमा चार लेन सडक हुनेछ । सडक विस्तारका क्रममा २१ पुलसमेत निर्माण गरिने भएको छ। ती सबै पुल चार लेनको हुने छन् ।