चीनमा रहेका नेपाली नागरिकलाई फागुन ३ गते  स्वदेश ल्याइने

मंगलबार, २८ माघ २०७६, १८ : २६
चीनमा रहेका नेपाली नागरिकलाई फागुन ३ गते  स्वदेश ल्याइने

फाइल फोटो

काठमाडौं । चीनमा रहेका नेपाली नागरिकलाई फागुन ३ गते  स्वदेश ल्याइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याउने निर्णय गरेको हो ।

चीनबाट ल्याइएका विद्यार्थीहरुलाई भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको छ । अहिले सो क्षेत्रमा भौतिक, प्राविधिक र चिकित्सकीय तयारी भइरहेको छ ।

चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको छ ।