नेकपाको प्रवासमा रहेका कमिटीहरुमा भागवन्डा

आइतबार, २६ माघ २०७६, ११ : १८
नेकपाको प्रवासमा रहेका कमिटीहरुमा भागवन्डा

काठमाडौं । सत्तारुढ दल नेकपाले पार्टी निकट प्रवासमा रहेको कमिटिहरुको नेतृत्व भागवन्डा टुंगो लगाएको छ ।  प्रवास समन्वय कमिटिको माघ २२ गते बसेको बैठकले प्रवासका संगठनको नेतृत्व चयन टुंगो लगाएको हो । अब नेकपाको प्रवासमा प्रवासी नेपाली एकता मञ्च गठन हुनेछ ।

यस अगाडि अस्तित्वमा रहेका प्रबासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चवीच एकीकरणपछि प्रवासी नेपाली एकता मञ्च गठन गरेका हुन् । प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाई र सचिव श्रीप्रसाद साहले वक्तब्य जारी गदै एकता प्रक्रिया टुंगो लगाएको जनाएका छन् । विदेशका ३६ ओटा जिल्लामा संगठनको अध्यक्ष र सचिव चयन भएको हो ।

प्रबासी नेपाली एकता मञ्च हरेक देशमा स्थानीय कानुन अनुसार दर्ता  भएका र विदेशमा रहेका नेपालीहरुको हक हित र संरक्षणका लागि खोलिएका समाजिक सस्था हो ।

 

प्रतिक्रिया दिनुहोस