चितवनको रोयल फर्निचरमा भीषण आगलागी, आगो अझै नियन्त्रण बाहिर

शनिबार, २५ माघ २०७६, ०९ : ००
चितवनको रोयल फर्निचरमा भीषण आगलागी, आगो अझै नियन्त्रण बाहिर

चितवन । भरतपुर स्थित एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय भरतपुरका अनुसार भरतपुर महानगरपालिका–५, नारायणपुर स्थित रोयल फर्निचर उद्योगमा भीषण आगलागि भएको हो ।

आगलागी आज बिहान ४ बजे बाट शुरु भएपनि अहिले सम्म निभाउन सकिएको छैन् । आगो नियन्त्रणका लागि महानगर पालिकाको दमकल, माडी नगरपालिकाको दमकल, सेना, प्रहरीसंगै स्थानियहरु मिलेर लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

आज विहान लागेको आगो अझै नियन्त्रण बाहिर रहेको छ । अहिले पनि आगो नियन्त्रणका लागि दमकलका साथै स्थानीय र प्रहरी जुटेका छन् । आगलागी के कारणले भएको हो, त्यो खुल्न सकेको छैन् ।